काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने बताएका छन् ।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइएनआई सिनेमा हलको उद्घाटन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र योभन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताएका हुन् ।
अध्यक्ष ढकालले व्यवसायिक क्रियाकलाप बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने बताए । उनले कोभिड महामारीपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहौल बिग्रिँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने बताए ।
अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत ग¥यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने स्पष्ट सन्देश गएको बताए ।
प्रतिक्रिया दिनुहोस्