Ads

कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने 


सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्ष प्रदेशका किसानलाई प्रोत्साहन गर्न १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०(८१ को स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न अनुदान दिइने भएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कृषि व्यवसाय समूह, कृषि सहकारी, उद्यमी र निजी फर्ममा आवद्ध किसानले अनुदानका लागि आवेदन दिन सक्नेछन् ।

लक्षित आय आर्जन कार्यक्रमअन्तर्गत दलित महिला र पिछडिएका वर्गका लागि कृषि अनुदान उपलब्ध गराउने निर्देशनालयले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी आयआर्जन गर्ने कार्यक्रमहरू, दाल बाली प्रवर्द्धन कार्यक्रम र उन्नत बीउमा अनुदान दिइनेछ। निर्देशनालयका कार्यवाहक निर्देशक चित्रबहादुर रोकायाले खाद्य बालीको बीउ उत्पादन कार्यक्रम, मौरीपालन, चिया खेती र व्यावसायिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदान दिइने बताए ।

निर्देशनालयले जग्गा भाडा र विद्युत महसुलमा पनि अनुदान दिनेछ । उनले कृषि प्राविधिक छनोट, अभिमुखीकरण र सहभागिताका लागि अनुदान दिइने बताए । निर्देशनालयले जारी गरेको सूचनामा संस्था र फर्मको आधिकारिक दर्ता विवरण, कृषि व्यवसायको तालिका र अन्य कागजातहरू सहित अनुदानका लागि योग्य हुनका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पनि उल्लेख गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू