काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका गएका छन् । उनको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन् ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क गरेका हुन् । उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको उपस्थिति थियो ।
त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।
उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
प्रतिक्रिया दिनुहोस्