Ads

चिकित्सक संघ र सरकारका प्रतिनिधिबीच वार्ता सुरु


काठमाडौँ । हेटौँडामा डाक्टरमाथि भएको आक्रमणको घटनापछि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच वार्ता सुरु भएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफूहरूबीच वार्ता सुरु भएको जानकारी दिए ।

सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

यस्तै, संघको तर्फबाट डा. कार्की नेतृत्वकाे टाेली छ । भदौ २७ गते हेटाैँडाकाे सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमै बिरामीको उपचारमा खटिएकाे समयमा कुटपिट भएको थियो ।

डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दबाब दिँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू