Ads

हामीलाई सत्तागठबन्धबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए ।

गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताउँदै अध्यक्ष नेपालले सबै सो षड्यन्त्रहरुबाट होशियार रहन आग्रह गरे। गठबन्धन बनाउन आफूहरुले नै भुमिका खेलेको भन्दै उनले गठबन्धन आफूले नै जोगाउनुपर्ने जिकिर गरे।

‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु। त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘विगतमा गठबन्धन बनाउने काममा भुमिका हामीले नै खेलेको हो। अहिले पनि हामीले भुमिका खेलेको हो। हामी कसैले तानेर गएको होइन, हामीले तानेर ल्याएको हो,’ उनले भने।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणापछि मात्रै एमसीसी पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको दाबी गरे। उनले एमसीसीको घोर बिरोध गर्दा वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने भन्दै प्रतिवाद गरे।

Ads

सम्बन्धित पोष्टहरू