मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )भाग्यले साथ दिएको छ । प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइनेछ । वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आर्थीक पक्ष ठिकै भएपनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला । हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )साथी भाइबाट मान सम्मान पाइएपनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ । काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन् । पढाइमा पनि प्रगति होला । चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )सुखबाट टाढा हुनुपर्ने समय छ । साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ । नचाइने ठाँउमा धनको नाश होला । स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होला । कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि बिबेकले राम्रो काम गर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ । व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )खर्च भएपनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, आज आलस्यले पनि सताउला । नँया काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नुभएको बाचा पुरा हुने दिन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्