काठमाडौं । ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका ८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा विकासले चिर्पट प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्