काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको बैठक अहिले जारी छ ।
काठमाडौंको बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनी पक्षधर पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताको बैठक शुरू भएको हो ।
असोज ४ मा केन्द्रीय समितिको बैठक बस्ने भएपछि यसको तयारी गर्न कोइरालाले बैठक बोलाएका हुन् ।
बैठकमा कोइराला उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्रि पाण्डे, डा मीनेन्द्र रिजाल, सञ्जय गौतम, दीलेन्द्रप्रसाद बडू, दीपक गिरी, डा गोविन्दराज पोखरेलसहितका नेता सहभागी छन् ।
यस्तै दिनेश कोइराला, मधु आचार्य, सरिता प्रसाईं, प्रतिमा गौतमसहितका नेता पनि सहभागी भएको एक नेताले जानकारी दिए । कोइराला पहिलोपटक शेखरको गुटमा सहभागी भएका हुन् ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाइए पनि उनी सहभागी भएका छैनन् । अर्का नेता प्रदीप पौडेल भने चीन भ्रमणमा निस्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्