Ads

संविधान कार्यान्वयनमा दलहरू चुके : सिटौला


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन् ।

संविधानको मूल मर्म कार्यान्वयनमा ढिलाइ भइरहेको उनले बताएका हुन् ।

मंगलबार नेकपा (एमाले)ले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले संविधान जारी भएयता दलहरूबीचको समझदारी टुटेकाले कार्यान्वयनमा ढिलाइ भएको टिप्पणी गरे ।

तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताए । संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएको उनले उल्लेख गरे । त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।

पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले माओवादी शान्ति वार्तामा आएपछि अन्तरिम संविधान निर्माणमा पनि नेम्वाङको नेतृत्वदायी भूमिका रहेको बताए । नेम्वाङको निधन मुलुकका लागि अपूरणीय क्षति भएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू