काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको ।
दिवसका अवसरमा काठमाडौंको नारायणचौरमा सेल्फी विथ नेसनल फ्ल्याग कार्यक्रमसहित एमालेले उत्सव मनाएको हो।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारी तथा केन्द्रीयस्तरका नेता, सांसद तथा ठूलो संख्यामा एमाले कार्यकर्ता सहभागी थिए।
दशकौँ लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभामार्फत संविधान जारी भएको भन्दै एमाले अध्यक्ष ओलीले उत्सव मनाउन आह्वान गरेका छन्।
संविधानले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको र जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको भन्दै ओलीले भनेका छन्, ‘संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमानदारिता भने हामी आफैँसँग हुनुपर्छ। संविधान दिवसको सबैलाई शुभकामना।’

प्रतिक्रिया दिनुहोस्