काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै महासंघले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा देशभरका गरी करिब एक हजार शिक्षक सहभागी छन्।
संसदमा पेस भएको सोही विधेयक हुबहु पारित नगर्न माग गर्दै महासंघले आन्दोलन गरेको हो। सरकारले वार्ताका लागि गरेको आग्रह अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन्।
शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको भनाइ छ। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट स्थायी, राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्।
विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।
उक्त र्यालीका कारण यातायात एवम् मानिसको दैनिकी प्रभावित बनेको छ।
तस्बिरहरू:
प्रतिक्रिया दिनुहोस्