काठमाडौं । काठमाडौं तर्फ आउँदै गरेको टाटासुमो बाराको सिमरामा दुर्घटना हुँदा आठजना घाइते भएका छन् । निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको टाटा सुमो जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा दुर्घटना भएको हो ।
चालकले ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको बताएका प्रहरीले जनाएको छ। गाडी चालक निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले पक्राउ परेको छ । घाइतेहरु सबै खतरा मुक्त छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्