काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ ।चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ । पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो
बुधबार भएको खेलमा नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो । एसियाली खेलकुदको औपचारिक उद्घाटन भने असोज ६ गते हुनेछ । उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।
सदस्य–सचिव घिसिङ चीन प्रस्थान
यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन बुधबार चीनको हाङझाव प्रस्थान गरेका छन् ।
सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड असोज ६ गतेदेखि औपचारिकरूपमा सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्