काठमाडौं । नेपालले कात्तिक १३ गतेदेखि २० गतेसम्म हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गतका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ ।
नेपालको समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको हो ।नेपालले पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल मलेशियासँग कात्तिक १४ गते र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
दुई समूहका शीर्ष दुईमा रहने टोलीले कात्तिक १७ मा सेमिफाइनल खेल्नेछन् ।सेमिफाइनलका विजेता टोलीले विश्वकपमा स्थान बनाउने छन् । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेशिया छन् । समूह बी मा यूएई, बहराइन, हङकङ र एशिया क्वालिफायर ए बाट आउने एक टोली रहनेछन् । प्रतियोगिता मूलपानी र टीयू क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्