काठमाडौं । नेकपा (एकिकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । बैठक अहिले बिहान १० बजेका लागि बोलाइएको हो । पार्टी उपाध्यक्ष प्रमेश हमालका अनुसार पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको हो ।
त्यस्तै पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ ।
सम्मानित नेता झलनाथ खनाल पक्षले त आपत्ति नै जनाएको छ । आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने अभिप्राय अपानिमा देखिएको भन्दै तुरून्तै संशोधन गर्न भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्