काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिकाको राजधानी न्युयोर्कबाट चीन जाने भएका छन् । चीनका प्रधानमन्त्री ली क्वानकोे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लागेका हुन् । आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने तयारीमा छ ।
हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ । भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम छ ।
चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्