Ads

शिक्षकहरू विद्यालय बन्द गरेर अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य: नेता काेइराला


काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग सही र संवैधानिक रहेको बताएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता कोइरालाले शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक रहेकोले सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको समेत बताए।

कोइरालाले यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू