Ads

क्यानको सचिवमा उम्मेदवारी दिने पूर्व कप्तान पारस खड्काको घोषणा


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बागमती प्रदेश अध्यक्ष पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न ।

आज शुक्रबार काठमाडौंमा सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को अधिवेशन भोलिसम्म चल्नेछ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।

Ads

सम्बन्धित पोष्टहरू