Ads

सरकारले राजनीतिको अपराधिकरण र अपराधिको राजनीतिकरण गर्‍यो : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका छन् । एमाले अर्थ तथा योजना विभागले शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले हिंसा सुरु गरेको फाल्गुन १ गतेलाई राष्ट्रिय दिवस मनाएर शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसक्ने बताएका हुन् ।

उनले हिंसा दिवस र शान्ति प्रक्रिया संगसंगै जाने बिषय नभएको जिकिर गरे । उनले सरकारले राजनीतिको अपराधिकरण र अपराधिको राजनीतिकरण गरिरहेको तर्क गरे ।

ओलीले अपराधीलाई छाड्ने सरकारको निर्णयलाई राष्ट्रपतिले सहिछाप गरेको भन्दै आपत्ती जनाए । उनले जनताले चाहेको समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा गर्न एमाले अघि बढ्ने स्पष्ट पारे ।

Ads

सम्बन्धित पोष्टहरू