फिदिम । पाँचथरको सदरमुकाम रहेको फिदिम नगरपालिकामा मात्रै दुई सय ५१ जना नागरिकलाई डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लाका आठमध्ये ६ वटा स्थानीय तहमा ३ सय २० जनालाई डेंगु संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिए । उनका अनुसार यो तथ्याङ्क भदौ १ देखि असोज ४ गते सम्मको हो ।
जिल्लाको मिक्लाजुङ र तुम्वेवा गाउँपालिकामा हालसम्म डेंगु संक्रमण भेटिएको छैन । यद्वपी सदरमुकामभन्दा केही टाढा पर्ने ती दुई स्थानीयका बिरामी जाँच र उपचारका लागि झापा र मोरङ जाने गरेकाले जिल्लामा उनीहरुको तथ्याङ्क नरहेको उनको भनाइ छ ।
सबैभन्दा धेरै संक्रमित फिदिम नगरपालिकामा छन्, यो नगरपालिकामा मात्रै हालसम्म २ सय ५१ जनलाई संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पाँचथरले शुक्रवार साँझ अध्यावधिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, हिलिहाङ गाउँपालिकामा २६ जना, फालेलुङमा १२ जना, याङवरकमा ७ जना, कुम्मायकमा ११ जना, फाल्गुनन्दमा २ जना र जिल्ला बाहिर ठेगाना लेखिएका ११ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्