Ads

आत्महत्या दर उच्च


पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८र०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९\०८० मा ६२ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष ०८०\८१ को साउन देखि अहिले सम्ममा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीले जनाएको छ । मानसिक तनाव, पारिवारिक कलह, महत्वकांक्षा, असफलता जस्ता विविध कारणले गर्दा आत्महत्या गरेको प्रहरीको भनाई छ ।

वढ्दो आत्महत्या रोक्न तथा न्यूनिकरण गर्न स्थानिय सरकारसँग समन्वय सहकार्य गदैं अघि बढ्नुपर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू