काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आज अन्तिम पेशीका लागि तोकिएको मुद्धाको सुनुवाइ आज पनि स्थगित भएको हो ।
काठमाडौं जिल्ला अदालतका अनुसार लामिछानेले बलात्कार गरेको भनेर परेको मुद्धाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित गर्नु परेको छ । अदालतका सूचना अधिकारी दिपक दाहालले दिएको जानकारी अनुसार अदालतका ३० फाँटमध्ये आज १५ वटामा मात्रै इजलास बस्ने भएको छ । बाँकी १५ फाँटमा न्यायाधीश अभावका कारण इजलास नबस्ने भएकाले सो मुद्दा पेशी नचढी स्थगित भएको हो ।
गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको दाहालले बताए । सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन
प्रतिक्रिया दिनुहोस्