Ads

बीआरआई कार्यान्वयको अन्तिम तयारीमा छौं: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।

नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका हुन्।

उनले भने, ‘केही दिनअघि मात्रै नेपालले चीनको बन्दरगाहबाट तेस्रो मुलुकबाट सफलतापूर्वक मालसामान आयात गरेको थियो, यो नेपाल–चीन पारवहन यातायात सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयनमा महत्वपूर्ण कदम हो । चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा उपलब्ध गराइएको छ। राष्ट्रपति सी र म हाम्रा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीलाई सुदृढ पार्ने विषयमा व्यापक सहमतिमा पुगेका छौं। यस भ्रमणमा हामी क्रस बोर्डर कनेक्टिभिटी प्रबर्द्धन गर्ने बारे थप निर्णय लिनेछौं।’

नेपालले चीनका लगानीकर्ता र उद्यमीहरूलाई उपलब्ध गराउने अनौठो अवसरको पूर्ण फाइदा लिन र सन् २०१५ मा खुला भएका नयाँ अवसरहरूबाट फाइदा उठाउन नेपालले सहजीकरण र संरक्षण गर्न हरसम्भव प्रयास गर्ने प्रचण्डले बताए।

प्रचण्डले थपे, ‘दुई देशका निजी क्षेत्रबीचको बलियो सहकार्य र आदानप्रदानले नेपाल–चीन आर्थिक सम्बन्धलाई पारस्परिक लाभका लागि थप विकासमा सार्थक रूपमा योगदान पुर्‍याउन सक्छ। अथाह सम्भावना बोकेको नेपाल अब गरिबी र नीजिकरणको देश बन्न सक्दैन।’

प्रचण्डले अर्थतन्त्रको सम्बृद्धिको लागि नीति, नियम र कार्यविधिमा थप सुधार गर्ने चीनसामु प्रतिबद्धता जनाएका छन्।

Ads

सम्बन्धित पोष्टहरू