काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा आजदेखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नुपूर्व प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् । भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्