विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको पाइएको छ । महानगरको एउटै वडामा ३३ जनासम्म कुपोषित बालबालिका फेला परेपछि यस्तो समस्या उजागर भएको हो ।
बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको विराटनगर–१९ बैजनाथपुर अस्पताला सिनियर अहेव भोला तिम्सिनाले जानकारी दिए । उनकाअनुसार शिविर कार्यक्रममा पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षण भएको थियो । जसमध्ये ३३ जनामा कुपोषण देखिएको हो ।
परीक्षणमा आएकामध्ये दुईजना बालबालिका अन्य समस्या भएको पाइएको थियो । उनीहरुको उपचारका लागि मोरङ सहकारीमा भर्ना गरिएको थियो ।विराटनगर महानगरपालिकाको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पाँचवर्षमुनीका बालबालिकाको स्वास्थ्य परीक्षण तथा पोषण लेखाजोखा शिविर सुरु गरिएको छ । गत शुक्रबार विराटनगर–१९ मा यो शिविर सम्पन्न भएको थियो ।
सिनियर अहेव तथा अस्पतालका प्रमुख तिम्सिनाका अनुसार शुक्रबार शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षणमा छुटेकाहरु आइतबार सम्पर्कमा आएका थिए । आइतबार २२ जना बालबालिकामध्ये चारजनामा मध्यम कुपोषण आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्