Ads

नेपाल र चीनबीचमा १३ बुँदे सम्झौता


काठमाडौं । नेपाल र चीनबीचमा विभिन्न विकासका योजनाहरुमा सहकार्य गर्ने गरी १३ बुँदे सम्झौता भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा उक्त सम्झौतापत्रमा दुवै देशबाट हस्ताक्षर भएको हो ।

आज भएका सम्झौतामा विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियोजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी छ ।

Ads

सम्बन्धित पोष्टहरू