Ads

एमाले बागमती प्रदेश अधिवेशन ड्रोनले ब्यानर उडाएर उद्घाटन


काठमाडाैँ । नेकपा एमालेको पहिलो बागमती प्रदेश अधिवेशन उद्घाटन गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डमा एमालेले अधिवेशन उद्घाटन समारोहलाई हाइटेक बनाएको छ । ड्रोनले अधिवेशनको ब्यानर उडयो भने रिमोट कन्ट्रोलरबाट दियो बालियो ।

देश संघीयतामा गएपछि एमालेले पार्टीलाई संघीय संरचनाअनुसार पुनःसंरचना गरे पनि प्रदेशको अधिवेशन पहिलोपटक हुन लागेको हो । अधिवेशनमा १ हजार ८० जना प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनले नयाँ प्रदेश कमिटी चयन गर्नेछ ।

प्रदेश कमिटीको नेतृत्व लिन नेताहरूको लर्को छ । झण्डै आधा दर्जन नेताहरू नेतृत्वको आकांक्षी छन् । सकेसम्म सर्वसहमतिबाट नेतृ्त्व चयन गर्ने र सर्वसहमति हुन नसके चुनाव गराउने एमालेको तयारी छ । यसअघि नेकपा एमाले लुम्बिनीको पहिलो अधिवेशन सम्पन्न भइसहेको छ । जहाँ चुनावबाट कमिटी चयन गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू