Ads

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं । मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।
खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयाश गरेको थियो ।

त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो । समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए ।

८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो। निराजन धामीले उक्त गोल गरेका थिए। इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाल दबाबमा आएको थियो । नेपालले फाइनल पुग्ने भारत वा भुटानमध्ये एकसँग खेल्ने छ । सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू