काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघमा सहयोग मागेर शान्ति प्रक्रिया पूरा नहुने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका सन्दर्भमा संयुक्त राष्ट्रसंघमा सहयोग मागेको प्रसँगमा ओलीले उक्त टिप्पणी गरेका हुन् ।
‘शान्ति प्रक्रिया संयुक्त राष्ट्रसंघमा सहयोग मागेर पूरा हुँदैन,’ बुधबार एमाले बागमतीको प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले भने, ‘तपाईं (प्रचण्ड) ले मारेका मानिसका आफन्तसँग माग्ने हो । । तपाईंले मारेका मानिसका छोरा छोरीले पढ्नु पर्छ कि पर्दैन ?’
सरकारले सेनामा मनपरी गर्न थालेको पनि ओलीको टिप्पणी थियो । ‘सेनामा मनपरी गर्नुभयो । घर जाने बेला म्याद थप्नुभयो,’ ओलीले भने, ‘संविधान मान्नु पर्दैन तपाईंले ?’
प्रतिक्रिया दिनुहोस्