Ads

६ टन माछा बरामद


दमक। झापाको दमकमा धेरै चलेको दमकको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ ।

दमक नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाइका अनुसार अति नै फोहोर तवरले डिफ्रिजमा माछा राख्ने गरेको, भारतबाट फर्मालिन लगाएको, मरेको माछा भेटिएको जनाएकी छन् ।
अन्य माछा पसलमा समेत अनुगमन गरिएको थियो । अनुगमन टोलीले अनुगमन सुरु गरेपछि भारतबाट ल्याएर माछा बिक्री गर्ने होटल तथा व्यापारीले हतार–हतार माछा लुकाएको बताइन्छ ।

भारतबाट आयातित प्रतिबन्धित र खान अयोग्य तथा फर्मालिन लगाइएका माछा बिक्रीलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गरेको उनले जनाएकी छन् ।

नगरपालिकाले मापदण्ड पूरा गरेर नेपाली माछा बिक्री गर्न व्यवसायीलाई निर्देशन पनि दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीका अनुसार मानव स्वास्थ्यमा प्रतिकुल हुने किसिमले माछा विक्री बितरण गरेको पाइएकाले यहाँ रहेका सबै माछा जफत गरिएको हो ।

दमकमा सबैभन्दा चलेको र पुरानो माछा फ्राइ होटलको रुपमा प्रख्यात रहेको स्थलमा अनुगमनका लागि उपप्रमुख भट्टराईसहित इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामालगायतको टोली पुगेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू