काठमाडौं । पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमायाया दुराको उपचारका क्रममा मृत्यु भएपछि उपचारका लागि भर्ना भएकी बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आक्रमणमा उत्रिएका मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिरामीको मृत्यु भएको भन्दै विरोधमा उत्रिएका आफन्तले अस्पतालमा तोडफो गर्नुका साथै चिकित्सकमाथि हातपात समेत गरेको प्रहरीले जनाएको छ । चिकित्सकमाथि आक्रमणको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३४ वर्षीय बिनय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चिकित्सकका तर्फबाट आन्दोलनमा उत्रिएर होहल्ला तथा नाराबाजी गरेको आरोपमा प्रहरील फिस्टेल अस्पतालमा कार्यरत डा दिनेश कुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । डा विकलाई भनेर रिहा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्