Ads

आन्दोलनरत डाक्टर र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी


काठमाडौं । आन्दोलनरत चिकित्सकसँग सरकारले वार्ता जारी छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा ३ बजेदेखि वार्ता चलिरहेको छ । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् । माइतीघरमा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राखेका थिए ।

डाक्टरले आन्दोलन थालेपछि सरकारले समाधानको खोजीका लागि वार्ता थालेको हो ।

Ads

सम्बन्धित पोष्टहरू