Ads

एमाले बागमती अधिवेशन अन्तर्गत आज मनोनयन, भोलि निर्वाचन


काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ । निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म उमेद्वारी दर्ता हुनेछ ।

दिउँसाे ४ बजे उमेद्वारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको छ । जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू