चितवन । सो अवसरमा वन तथा वतावरण मन्त्री डाक्टर विरेन्द्रप्रसाद महतोले कोसी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने बताए । कोसी टप्पु वन्य जनतु आरक्षस्थित सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको वन्यजनतु उद्धार केन्द्रको आज उदघाटन तथा गैँडा हस्तान्तण कार्यक्रमका अवसरमा मन्त्री महतोले त्यसका लागि चितवनबाट गैँडा ल्याइएको बताए ।
उनले केही दिनभित्रै बिरु नामक गैँडा ल्याउने पनि जानकारी दिए । यस क्षेत्रमा बाघ ल्याउनका लागि अध्ययन पनि सुरु भएको उनको भनाइ छ । कोसी टप्पुमा अर्ना, गैँडा, बाघ, हात्तीलगायतका जनावर एकै ठाउमा भएको खण्डमा आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्