ताप्लेजुङ, ताप्लेजुङको सीमावर्ती गाउँ फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हिमाली बस्ती ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा वारपार गर्ने प्रयोजनका लागि परिचयपत्र वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ नेतृत्वको टोली ओलाङ्चुङगोला पुगेर सर्वसाधारणलाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० समेतको उपस्थितिमा ओलाङ्चुङगोला र याङ्मा नागरिकलाई परिचयपत्र वितरण गरिएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष लिम्बूका स्वकीय सचिव दिलकुमार पतङ्वाका अनुसार ओलाङ्चुङगोलाका ८८ जनालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्