विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्