विराटनगर विराटनगर महानगरपालिका(२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको सालिक अनावरण गरिएको छ ।
विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले सालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको बताईन् ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थचन्द्र न्यौपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
वि. सं.१९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ नारीले अरुण नदीमा जलसमाधि लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्