Ads

यो साता यति धेरैले घट्यो सुनको मूल्य


काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तिन हजार तिन सय रुपैयाँले घटेको छ । अघिल्लो शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३३०० ले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य  १ लाख १२ हजार १००  रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुन तोलामा  १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य  प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो  ।

सोमबार छापावाल सुनको मूल्य  प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाल सुनको मूल्य  प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार छापावाल सुनको मूल्य  प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार छापावाल सुनको मूल्य  प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

कारोबारको अन्तिम दिन यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा  १ लाख ८ हजार ३००  रुपैयाँमा कारोबार भइरहेको छ ।  कारोबार साताको अन्तिम दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू