काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार घटेको सुनको मूल्य आज पहिलो दिन आइतबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्