काठमाडाैँ । सकारले खाना पकाउने ग्याससहित पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिकै मूल्य कायम हुने गरी शनिबार गरिएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिइएको जानकारी दिइन्।
निगमले आजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय रूपैयाँसम्म मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएपछि शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्रीसमेत असन्तुष्ट बनेका थिए ।
निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रूपैयाँ बढाउने निर्णय गरेको थियो ।
मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्