काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ।
आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा.मनिष खड्कामाथि आक्रमण भएको हो।
बिरामीलाई समयमै जाँच नगरेको भन्दै बिरामीका आफन्तले डा.खड्कामाथि हेलमेट प्रहार गरेका हुन्। चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
बिरामी उपचारमा खटिएका आफ्ना सहकर्मीमाथि आक्रमण भएपछि अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरू विरोधमा उत्रिएका छन्। उनीहरू अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन्।
लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलित चिकित्सक बीच सहमति भएको थियो।
सहमतिको मुसी सुक्न नपाउँदै फेरि आज चिकित्सकमाथि आक्रमण भएको हो।
प्रतिक्रिया दिनुहोस्