काठमाडौं । स्पेनको दक्षिण–पूर्वी सहर मुर्खियाको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान एक नाइट क्लबबाट आगो सल्किएको र त्यसको चपेटामा अन्य दुई क्लब पनि परेको थियो ।
ला फोन्डा नामको नाइट क्लबबाट आगो सल्किएको प्रहरीले जनाएको छ । त्यसबेला उक्त क्लबमा मानिसहरुको भिडभाड रहेको जनाइएको छ । आगो लागेसँगै डान्स फ्लोरमा मानिसहरुबीच भागदौड मच्चिएको प्रहरी अधिकारीले जनाएका छन् ।
उक्त घटनामा मृत्यु हुने अधिकांश जन्मोत्सव मनाइ रहेको परिवारका सदस्यहरु रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । साथै अझै १४ जना बेपत्ता रहेको जनाइएको छ । उद्धारकर्ताहरुले भग्नावशेष क्षेत्रमा खोजी कार्य जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्