Ads

रुपन्देहीबाट १० लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ


काठमाडौँ । १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट आइतबार १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो रुपन्देहीबाट १० लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा भारतको महाराजगंज सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुरका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपि शैलेन्द्र थापाले जानाकारी दिए  ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यान जाँच गर्दा १० लाख भारुसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू