Ads

आममाफीको विषय ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुग्यो रास्वपा


काठमाडाैँ । संविधान दिवसमा योगराज ढकाल रिगललाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन्।

दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगेको रास्वपाकी सचेतक निशा डाँगीले बताइन्। ‘रिगल आममाफी प्रकरणमा राष्ट्रपतिको ध्यानाकर्षण गराउन आएका हौं,’ सचेतक डाँगीले भनिन्।

ध्यानाकर्षण गराउन सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत नेताहरू राष्ट्रपति कार्यालय पुगेको उनले बताइन्।

संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले संकल्प प्रस्तावसमेत दर्ता गर्ने भएको छ।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ’रिगल’ भनिने योगराजलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो। ढकाल तरूण दलका नेतासमेत हुन्।

Ads

सम्बन्धित पोष्टहरू