Ads

काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते


काठमाडाैँ । काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। घाइतेको नाम विकास भगवत रहेको प्रहरीले जानकारी दिएको छ।

सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । घाइतेको खुट्टामा चोट लागेको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले कटुवा पेस्तोल छाडेर फरार भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू