Ads

नक्कली कागजात बनाउने १४ संस्था कार्वाहीमा


काठमाडौ । बैदेशिक रोजगारीको नाममा सर्वसाधारण ठगिने क्रम बढेपछि सरकारले ठगीमा संलग्नलाई कार्वाही गर्न अभियान थालेको छ । पछिल्लो समय नक्कली कागजात बनाई जापान पठाउने कार्य बढेसँगै सर्वसाधारण पीडित बनेका छन् । त्यस्तो कार्यमा संलग्न विभिन्न संस्था कार्वाहीमा परेका छन् । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाइदिने १४ वटा संस्थालाई वैदेशिक रोजगार विभागले कारवाही गरेको हो ।

विभागको सोमवार बसेको बैठकले उजुरीको आधारमा ती संस्थालाई निलम्बन गरेको हो भने अन्य संस्थाहरुको अनुसन्धान गरिरहेको छ । यी संस्थाहरुले जापानिज भाषा र संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाण–पत्र पेश गरी श्रम स्वीकृति लिएर नेपाली कामदारलाई जापान पठाएको विभागमा उजुरी परेको थियो ।
विभागको प्रारम्भिक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका एजेन्सीलाई निलम्बन गरी अनुसन्धान गर्ने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू