Ads

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी


काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू