Ads

दोलखामा ११ किलो सुन बरामद् प्रकरणमा चिनियाँसहित ३ जना पक्राउ


काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ । यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू