Ads

नेपालगञ्जमा हिन्दु र मुस्लिमबीच तनाब, अनिश्चितकालीन कर्फ्यु


काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । उक्त र्‍यालीपछि त्यहाँ तनावको स्थिति देखिएपछि प्रशासनले करफ्यु आदेश जारी गर्नु परेको जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू