Ads

हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकियो


हुम्ला,  स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ९ स्याउ ० का कार्यालय प्रमुख विष्णु बहादुर मग्रातीले उपभोक्ता माग अनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताउनुभयो । मङ्गलबार बसेको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा मूल्य निर्धारण गरेको हो ।

बैठकमा समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायत स्याउ उत्पादन गर्ने किसानको उपस्थितिमा यो मूल्य निर्धारण गरिएको हो । अब जिल्लामा स्याउको मूल्य प्रतिकेजी चालीस रुपियाँ तोकिएको जनाईएको छ ।

Ads

सम्बन्धित पोष्टहरू